आइएमईको नयाँ वर्ष योजना ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’



आइएमई लिमिटेडले नयाँवर्ष २०७५ लाई लक्षित गरी ‘नयाँवर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामकब्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ ।

२०७४ साल चैत ०१ गतेदेखि जेठ मसान्त २०७५ सम्म गरी तीन महिना कायम हुने यस योजनाअन्तर्गत विदेशबाट आइएमई गर्नेसेवाग्राहीहरूले साप्ताहिक‘लक्की ड्र’मा डिस होम, मासिक ‘लक्की ड्र मास्मार्ट फोन र बम्पर‘लक्कीड्र’मा ४२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्ने छन् ।

योजना अवधिमा गरिएका कारोबारहरुले ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वतिमार्फत हुने र सोको जानकारी कम्पनीका आधिकारिक सामाजिक संजाल पेज र संचारकामाध्यममार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै मलेसियास्थित रिया आइएमईले नेपाली नयाँवर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ । यो योजना चैत ०६, ०७४ देखि वैशाख १७, ०७५ (तदनुसार २० मार्चदेखि ३० अप्रील, २०१८ ) गरि ४० दिनसम्मकायमहुनेछ ।

योजनाअन्तर्गत मलेसियास्थित रिया आइएमईबाट आइएमई गर्नुहुने सेवाग्राहीहरूले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु