ग्लोबल आइएमई बैंकले मन्थलीमा गर्यो वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । ग्लोबल आइएमई बैंकले मन्थली बजारको सहिद स्मृति बहुमूखी क्याम्पसमा “वित्तीय साक्षरता कार्यक्रम” संचालन गरेको छ ।

उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंकिङ्ग बिज्ञ” पुर्णमान नापितले मन्थली क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीयको बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा १५० जना भन्दा बढीको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरुले ग्लोबल आइएमई बैंक लि. ले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तीय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंक प्रति आभार व्यक्त गरेका थिए ।


क्लिकमान्डु