सीटीसी मलमा मोबाइल एक्स्पो सुरु



exponew

काठमाडौं ।  सुन्धाराको सीटीसी मलमा ‘सामसुङ मोबाइल जेटू सीटीसी मोबाइल एक्स्पो २०१६’ शुक्रबारदेखि सुरु भएको छ ।

असोज ७ देखि १५ गतेसम्म चल्ने एक्स्पोमा विभिन्न ब्राण्डका मोबाइल खरिद गर्दा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

दशैंको अवसर पारेर सुरु भएको एक्स्पोमार्फत सीटीसी मललाई मोबाइल बजारका रुपमा विस्तार गर्न आयोजना गरिएको एक्स्पोका संयोजक सन्दीपमान श्रेष्ठले क्लिकमाण्डुलाई जानकारी दिए ।

‘विभिन्न मेलाका नाममा भारी छुटको दिने बहानामा प्रयोगकर्तालाई ठगी गर्ने क्रम रोक्न र बजार विस्तार गर्ने उद्देश्यले एक्स्पो सुरु गरिएको हो,’ उनले भने । एक्स्पोमा १५ वटा ब्राण्डले सहभागिता जनाएका छन् ।

एक्स्पोमा कार्बन, पानासोनिक, टचकन, सेलम्याक्स, मेजु, कलर्स, जिओनी, लाभा, ओबीआई, स्पाइस, एमआई (साओमी), एपेक्स डिजिटल, जेडटीई, सीजी, इण्टेक्स, रेज, केण्ट, हुवावे, यूएमआई सीटीभीलगायत कम्पनीका स्मार्ट फोन तथा एसिसरिजहरु उपलब्ध छन् ।

एक्स्पोमा यूएमआइ, ओप्पो र गेजो नयाँ ब्राण्डका रुपमा भित्रिएका छन् । १० हजारदेखि १ डेढलाखसम्मका मोबाइल विक्रीका लागि राखिएको छ ।

एक्स्पोमा विभिन्न स्किम र मनोरञ्जनात्मक प्रतियोगिताहरु राखिएको छ । लक्की ड्र, सेल्फी कन्टेस्ट, क्यास डिबेट भौचर लगायतका सुविधाहरु छन् ।


क्लिकमान्डु