सन् २०१७ को पहिलो सेयर कारोबार, नेप्से सूचक २२ अंकले बढ्यो




काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०१७ को पहिलो सेयर कारोबारमा सेयर बजार सूचक नेप्सेमा सुधार आएको छ । आइतबार नेप्से सूचक २२.३४ अंकले बढेको छ ।

गत साताको अन्तिम दुई दिन नेप्से सामान्य बढेपनि साताभरमा ५४ अंकले घटेको थियो ।

नेप्सेको सुचकहरुमध्ये उत्पादनमुलक र बित्त कम्पनी बाहेक सबै सुचक बढेका छन् । साथै नेप्सेको ‘क’ बर्गहरुको सुचक ५.०८ अंकले बढेको छ ।
आज १ सय ३४ कम्पनीको १० लाख ८ हजार ४ सय ६ कित्ता सेयर कारोबार भएको छ ।


क्लिकमान्डु