पोल्ट्री व्यवसायी महासंघमा नयाँ नेतृत्व



फाइल फाेटाे

काठमाडाैं । नेपाल पोल्ट्री व्यवसायी महासंघको हालै सम्पन्न तेश्रो अधिवेशनमा गुणचन्द्र विष्टकाे नेतृत्वमा नयाँ कायर्समिति चयन भएकाे छ । अध्यक्षमा बिष्ट निर्विरोध चयन भएका छन् भने २० सदस्यीय नयाँ नेतृत्व चयन भएकाे छ ।

महासंघको तीन उपाध्यक्षमा क्रमश नारायणहरि खत्री, टिकाराम पोखरेलर अर्जुन कुमार अर्याल रहेका छन् । त्यसैगरि महासचिवमा दिनेशराज मिश्र चयन भएका छन् भने सचिवमा शिवराम के.सी.र कोषाध्यक्षमा बाबुराजा रावल चयन भएका छन् ।

महासंघको निर्वाचित कार्यसमिति सदस्यहरुमा  डा. रुपेन्द्र चौलागार्इँ,चन्द्रमान श्रेष्ठ,डा. तिलचन्द्र भट्टरार्इ,जंगबहादुर बेल्वासे,तेजनारायण पाण्डे,उमेशचन्द्र सापकोटा,सुरेश वैद्य,राजेन्द्र लामिछाने,जयकृष्ण सापकोटा,रामलाल भुसाल,तरुण राजवन्त,कृष्णहरि लोहनी र रविन्द्रराज सिपखान चयन भएका छन् ।

महासंघका नवनिर्वाचित अध्यक्ष विष्टले पोल्ट्री क्षेत्रको आत्मनिर्भरतातर्फ अगाडी बढेको भन्दै सरकारसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।

२०६८ सालमा स्थापना भएको महासंघमा हाल ५६ जना सदस्य छन् ।


क्लिकमान्डु