लक्ष्मी बैंकको पुरानो बानेश्वरमा नयाँ शाखा, उपत्यकामा शाखा संख्या १६ पुग्यो




काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज काठमाडौँको पुरानो बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएकोे छ ।

यो सँगै काठमाडौँमा बैंकको शाखा संख्या १६ भएको छ । भने देशभरको शाखा संख्या ६५ पुगेको छ । शाखाको अलावा बैंकले ३ विस्तारित काउन्टर र ८१ एटीएमबाट आफ्नो सेवा दिइरहेको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ७०० भन्दाबढी कर्मचारी मार्फत ३६ जिल्लामा आफ्नो सेवा पु¥याएको जनाएको छ ।


क्लिकमान्डु