मोरङबाट ६ महिनामा १४ अर्ब ४५ करोड राजस्व संकलन



विराटनगर । मोरङमा चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजस्व संकलन भएको छ ।

गत आवको सुरुको ६ महिनामा सात अर्ब १५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएकामा चालु आवको पुस मसान्तसम्ममा १४ अर्ब ४५ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख किशोर बरालले जानकारी दिए ।

अघिल्लो बर्ष नाका बन्दीको कारण कम राजस्व उठेको थियो ।

सबैभन्दा बढी आन्तरिक राजस्व कार्यालयले ८ अर्ब ८१ करोड ६५ लाख तथा विराटनगर भन्सार कार्यालयले ५ अर्ब १२ करोड ६० राजस्व संकलन गरेका छन् । मालपोत कार्यालय विराटनगरले १४ करोड ७२ लाख, मालपोत कार्यालय, बेलबारीले ७ करोड ५२ लाख र जिल्ला प्रशासन कार्यालयले तीन करोड ८१ लाख राजस्व संकलन गरेका हुन् । रासस


क्लिकमान्डु