नेप्सेमा सामान्य वृद्धि, बीमा समूहमा ५२ अंकले बढ्यो



काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसुचक ०.३३ अंकले उकालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक ०.३३ अंकले बढेर १४६२.५६ अंकमा अडेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो दिन १ सय ३१ कम्पनीका १ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा ३३ करोड ९५ लाख रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको हो ।

बजारमा सामान्य वृद्धि भएको दिन दुई समुहकोे परिसूचक रातो देखिएको छ भने बाँकी सबै समूहको परिसूचक हरियो भएको छ । सबैभन्दा धेरै उत्पादन मुलक समुह ८.८५ र बैंक समूह ३.५१ अंकले घटेको छ । बीमा समूह ५२.२४ र जलविद्यृत समूह १०.७४ अंकले वृद्धि भएको छ ।

राष्ट्रिय बीमा कम्पनी र कर्णाली विकास बैंकको सेयर मूल्य ९.४४ र ८.१३ प्रतिशतले बढेको छ ।

हिमालयन डिष्ट्रिलरी र मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य ३८ र ३२ प्रतिशतले घटेको छ ।

कालिका माइक्रो क्रेडिट र ग्रिन डेभलपमेन्ट बैंकको ९.९४ र ९.८९ प्रतिशतले बढ्यो भने सिर्जना फाइनान्स र प्रोगेसिभ फाइनान्सको ५.७५ र ५.२९ प्रतिशतले घटेको हो ।


क्लिकमान्डु