नेप्से परिसुचक ४४ अंकले घट्यो, बीमा समुहमा ३४६ अंकको गिरावट



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा भारी अंकको गिरावट आएको छ । नेप्से ४३.७२ अंकले घटेर १२५३.५१ अंकमा अडेको छ ।

आज १ सय ३२ कम्पनीका १३ लाख ८ हजार ५ सय कित्ता सेयर किनबेच भएको छ । बजारमा ४९ करोड ३५ लाख रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको छ ।

आज होटल समुह बाहेकका सबै उपसुचकहरु घटेका छन् ।

होटल समूह १५.४ अंकले बढेको हो । बीमा समुह ३४६.१४, जलविद्युत् समुह ६२.८४, वित्त समुह १२.०१, विकास बैंक ३१.२४ र अन्य समूह ६.०७ अंकले घटेको छ ।

मेरो माइक्रोफाइनान्सका लगानीकर्ताहरुले ५.९० प्रतिशतले कमाएको छ । प्राइम लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु