४२ अंकले बढ्यो नेप्से, बीमाका लगानीकर्ता मालामाल




काठमाडौं । पुँजी बजार मापक नेप्से परिसुचक बुधबार ४२ अंकले बढेको छ । बुधबार १४१ कम्पनीका १६ लाख १३ हजार ६२९ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार बुधबार ५२ करोड २ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ । परिसुचक बढेर १३१६.८ बिन्दुमा पुगेको छ ।

सो दिन बैंकिङ समुहको उपसुचक ३७.११ अंकले, होटल समुहको उपसुचक ४९ अंकले र विकास बैंक समुहको उपसुचक ४३.२७ अंकले बढेको छ । यस्तै जलविद्युत समुहको उपसुचक ६६ अंकले, फाइनान्स कम्पनी समुहको उपसुचक १२.६८ अंकले, बीमा कम्पनी समुहको उपसुचक ३८५.४६ अंकले र अन्य समुहको उपसुचक २.८९ अंकले बढेको छ ।

बजार खुलेदेखि नै निरन्तर बृद्धिको ट्रेन्डमा देखिएको बजारमा पनि उत्पादनमुलक समुहको उपसुचक भने ५.६६ अंकले घटेको छ ।

बढेको बजारमा सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा माइ हाइड्रोपावर र नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १०÷१० प्रतिशतका दरले कमाएका छन् ।

एशियन लाइफले २० प्रतिशत बोनस सेयर दिने र बोनस वितरणपछि ५० प्रतिशत हकप्रद जारी गर्ने सुचना बुधबारै सार्बजनिक गरेको थियो । यस्तै सानिमामाइको नाफा उल्लेख्य भएको विवरण हालै सार्बजनिक भएको थियो ।

यस्तै सगरमाथा इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, भार्गब विकास बैंक, युनाइटेड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनी पनि १० प्रतिशतकै हाराहारीमा कमाएका छन् ।

बढेको बजारमा पनि दिब्यश्वरी जलविद्युत कम्पनीका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् । यस्तै सिर्जना फाइनान्सका लगानीकर्ताले पनि साढे ५ प्रतिशतको हाराहारीमा गुमाएका छन् ।


क्लिकमान्डु