एनबी बैंकको नयाँ लोगो सार्वजनिक



काठमाडौं ।  नेपाल बंगलादेश(एनबी) बैंकले नयाँ लोगो सार्वजनिक गरेको छ । बैंक संचालक समितिका अध्यक्ष जलाल अहमदले नयाँ लागो सँगै बैंक नयाँ चरणमा प्रवेश गरेको बताए ।

उनले नयाँ लोगोको प्रवद्र्धनले बैैकको छविलाई अझ उच्च बनाउन मद्दत गर्ने तथा बैंकले पनि आफ्नो सेवा सुविधालाई अझ चुस्तदुरुस्त बनाउने बताए ।

बैंकको विगत वर्षहरु देखि प्रचलनमा रहेको आफ्नो लोगोलाई थप केही परिमार्जन गरि अझ बढि जिवन्त बनाई हरेक कदममा अगाडि बढ्ने प्रतिवद्धता झल्किने खालको रङ र आकारमा नयां लोगोलाई प्रस्तुत गरिएको जनाएको छ ।

नयाँ लोगोमा रातो र हरियो रङ प्रयोग गरिएको छ । बैंकले उक्त लोगोमा प्रयोग भएको रातो रङलाई हार्दिकता, परिपक्कता, निर्भिकता, उत्साह र उर्जाको समिश्रणको रुपमा लिएको तथा हरियो रङलाई विश्वासनीयता, सृजनशिलता, गतिशिलता, प्रगतिको समिश्रणको रुपमा लिएको जनाएको छ ।

बैंकको पुस मसान्तसम्ममा ४ अर्ब चुक्त पुँजी रहेको छ । यस्तै निक्षेप संकलन ४१ अर्ब रुपैयाँ तथा कर्जा लगानी ३६ अर्ब रुपैयाँ रहेको छ । बैंकले सो अवधीमा ५४ करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ ।


क्लिकमान्डु