डेढ अर्ब भारुमा ७६ खेलाडी किनिँदै




काठमाडौं । आइपिएल अक्सन सोमबार विहान ९:१५ बाट हुनेछ । अक्सनमा भारतका ८ आइपिएल क्रिकेट टोलीहरुको सहभागिता रहने छ । एउटा टोलीले बढीमा २७ खेलाडी राख्न सक्छन् । जसमा बढीमा ९ विदेशी खेलाडी अनुबन्धन हुनेछन् ।

१० औं संकरणको आइपिएल अक्सनमा ३ सय ५१ क्रिकेट खेलाडी खरिदका लागि उपलब्ध हुनेछन् । जसमा २ सय २६ भारतीय खेलाडी छन् । बाँकी १ सय २५ बिदेशी रहनेछन् ।

अक्सनमा ३ सय ५२ खेलाडी उपलब्ध भएपनि यस वर्ष बढीमा ७६ जना खेलाडी लिलामीमा बिक्ने छन् । ८ टोलीले २ सय १६ खेलाडी अनुबन्ध गर्ने सक्ने प्रावधान छ । टोलीहरुले अघिल्लो वर्ष लिलामीमा खरिद गरेका १ सय ४० खेलाडीलाई अनुबन्धन मुक्त गरेका छैनन् । यसैकारण यस वर्ष ७६ खेलाडी मात्र लिलामीमा खरिद हुने भएका हुन् ।

आइपिएलका खेलाडी खरिदका लागि ८ टोलीसँग १ अर्ब ४३ करोड १७ लाख भारु बजेट छ । जसमा सर्वाधिक बजेट किङ्स ११ पन्जावसँग २३ करोड ३५ लाख भारु छ । उसले सो बजेटबाट ४ विदेशी सहित ८ खेलाडी खरिद गर्न सक्नेछ । पन्जावले गत वर्ष लिएका १९ खेलाडीलाई अनुबन्धन मुक्त गरेको छैन ।

अप्रिल ५ देखि सन् २०१७ को आइपिएल सुरु हुदैछ । उद्घाटन खेल सनराइज हैदरवाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुदैछ ।

टिम बजेट (भारतीय रुपैयाँ) विदेशी खेलाडी कुल खेलाडी

दिल्ली डेयरडेभिल्स २१.३५ करोड ५ १७
गुजरात लायन्स १४.३५ करोड ६ १६
किंग ११ पन्जाव २३.३५ करोड ५ १९
कलकत्ता नाइट राइडर्स १९.७५ करोड ४ १४
मुम्बई इन्डियन ११.५५ करोड ६ २०
राइजिङ पुने सुपरजाइन्ट १९.१ करोड ५ १७
रोयल च्यालेन्जर बैंगलोर्स १२.८२ करोड ८ २०
सनराईज हैदरवाद २०.९ करोड ५ १७

यसवर्षको आइपिएल अक्सनको प्रमुख आर्कषणको रुपमा इंग्ल्याण्डका दुई खेलाडी छन् । इग्ल्याण्डका कप्तान इओन मोर्गन र अलराउन्डर बेन स्टोकको लिलामीका लागि निकै तछाड मछाड हुने छ । इओन मोर्गनले हालसालै सम्पन भारतसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । मोर्गनले इंग्ल्याण्ड विजय रहेको दोश्रो एक दिवसीय खेलमा शतक र पहिलो २०–२० खेलमा अर्घशतक बनाएका थिए । बेन स्टोक विश्व क्रिकेटमा उपलब्ध खेलाडीहरु मध्य उत्कृष्ट अलराउन्डरका रुपमा छन् । यी दुई खेलाडीको न्युनतम मुल्य २ करोड भारतीय रुपैयाँ रहेको छ ।

अक्सनमा हेर्न लायकका १० खेलाडी
इओन मोर्गन ब्याटस्म्यान २० मिलियन
प्याट कमिङ्स बलर २० मिलियन
मिचल जोनसन बलर २० मिलियन
इसान्त शर्मा बलर २० मिलियन
क्रिस होक्स अलराउन्डर २० मिलियन
एन्जेलो म्याथुज अलराउन्डर २० मिलियन
बेन स्टोक अलराउन्डर २० मिलियन
जोनी बेरिस्ट्रो विकेट किपर १५ मिलियन
ट्रेन्ट बोल्ट बलर १५ मिलियन
कागिसो रावडा बलर १० मिलियन

आइपिएल इतिहासमा सबैभन्दा महँगा खेलाडी भारतीय ब्याटस्म्यान युवराज सिंह हुन् । उनलाई २०१५ को अक्सनमा दिल्ली डेयर डेभिल्स ले २ करोड ६० लाख भारुमा अनुबन्धन गरेको थियो । दोश्रो महँगो खेलाडी कलकत्ता नाइट राईडरका कप्तान गौतम गाम्भीर हुन् । उनलाई २०११ मा कलकत्ताले २ करोड ४० लाख भारुमा अनुबन्धन गरेको थियो ।

आइपिएलका १० महँगा खेलाडी
२०१५ युवराज सिंह भारत दिल्ली डेयर डेभिल्स २.६ मिलियन
२०११ गौतम गम्भिर भारत कलकत्ता नाइट राईडर २.४ मिलियन
२०१४ युवराज सिंह भारत रोयल च्यालेन्जर्स बैंगलोर २.३३ मिलियन
२०११ युसुफ पठान भारत कलकत्ता नाइट राईडर २.१ मिलियन
२०११ रोविन उत्थपा भारत पुने वारियर्स २.१ मिलियन
२०१४ दिनेश कार्तिक भारत दिल्ली डेयर डेभिल्स २.०८ मिलियन
२०११ रोहित शर्मा भारत मुम्बई इन्डियन २ मिलियन
२०१२ रविन्द्र जडेजा भारत चेनाई सुपर किङ २ मिलियन
२०११ इर्फान पठान भारत दिल्ली डेयर डेभिल्स १.९ मिलियन
२०१५ दिनेश कात्र्तिक भारत रोयल च्यालेन्जर्स बैंगलोर १.७५ मिलियन


पुष्प दुलाल