सिईओ अनप्लग्ड २०१७ मा व्यवसायीहरु तथा युवाहरुबीच छलफल



काठमाडौं । किंग्स कलेजले दुई दिने सिईओ अनप्लग्ड कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा नेपालका नेतृत्वदायी व्यवसायीक उद्यमका २५ जना सिईओ तथा विभिन्न मिडियाहरुबाट ५ जना संयोजनकर्ताले नेपालको व्यवसायीक तथा उद्यमशीलता चक्रिय प्रणालीको बारेमा छलफल गरेका थिए ।

कार्यक्रममा ‘अपच्र्यूनिटिज एण्ड च्यालेन्जेज अफ डुईँग बिजनेस’ नेपाल विषयक पहिलो सेसनमा शेर्पा एडभेन्चर गियरका सिईओ आशुतोष तिवारी, योंग इनोभेटिभ्सका विभुषण बिस्ट, पञ्चकन्या समूहका प्रदिप कुमार श्रेष्ठ र प्रिज्मा एडभरटाइजिंगका रंजित आचार्यले आफूले व्यवसाय शुरु गरेपछि भोगेका व्यवसायीक समस्याहरु बाँडेका थिए भने, अहिलेको उनीहरुको व्यवसायीक अवस्थाको बारेमा जानकारी दिएका थिए ।

त्यसैगरी नेपाल इन २०२५, इब्रेसिंग च्यालेन्जः कोल्याबोरेसन बिटबीन कर्पोरेट एण्ड स्टार्टअप, लिंकेज अफ नोलेज एण्ड रिसोर्सेज तथा गभर्नमेन्ट पोलिसी एण्ड स्टार्टअप ईकोसिस्टम विषयक छलफल आयोजना गरिएको थियो । सहभागी भएका १०० जनाभन्दा बढि सिईओ तथा उद्यमीहरुलाई दिर्घकालिन प्रभाव पारेको आयोजकको दाबी छ ।

यसैबिच सिईओ अनप्लग्ड मोबाइल एप सार्वजनिक पनि गरिएको छ । फ्यूसम एप्सले डिजाइन गरेको यो एपमा दुई दिने कार्यक्रमा भएका विभिन्न सेसनहरुको बारेमा बिस्तृत जानकारी दिनेछ । यो एपमा दर्ता भएका प्रयोगकर्ताहरुले सो दिनका पाँच सेसनका वक्ताहरुलाई प्रश्न पनि सोध्न सक्नेछन्, तथा कार्यक्रममा सहभागी सबैले एक आपसमा सम्पर्क गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु