अन्तराष्ट्रिय उडानमा सबैभन्दा बढी यात्रु बोक्नेमा वायुसेवा निगम



काठमाडौं । सन् २०१६ मा अन्तर्राष्ट्रियतर्फ २७ हजार १ सय १८ उडान मार्फत ३५ लाख १० हजार ७ सय ४२ यात्रुले सेवा लिएका छन ।

जसमा सवैभन्दा बढी यात्रु बोक्नेमा नेपाल वायुसेवा निगम यसवर्ष पहिलो भएको छ ।

निगमले २०१६ मा ३ हजार १ सय ५१ उडान मार्फत ३ लाख ८४ हजार ३ सय २७ यात्रु पुगेको छ । नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल २७ एयरलाइन्सले उडान भर्दै आएका छन ।

निगमले एयरबस ३२०–२०० का जहाज थप गरी अन्तर्राष्ट्रिय उडान गन्तव्यहरु विस्तार गरेसँगै निगमले यसवर्ष यात्रु सेवामा भारी बृद्धि गरेको हो । निगमले सन् २०१५ मा २ लाख ५३ हजार ६ सय ५८ यात्रु बोकेको थियो । यसवर्ष निगमले गतवर्षभन्दा १ लाख ३७ हजार भन्दा बढी यात्रु बोकेको हो ।

सन् २०१५ मा अन्तर्राष्ट्रिय यात्रुदरमा सन् २०१४ को तुलनमा ८.३७ प्रतिशतले गिरावट आएको थियो । सन् २०१५ मा नेपाल उडान भर्ने एयरलाइन्स कम्पनीहरुले २६ हजार ५ सय ६३ उडान भएका थिए । सन् २०१५ मा ३२ लाख १० हजार अन्तर्राष्ट्रिय हवाई यात्रु रहेका थिए । सन् २०१६ भने बृद्धि भएको छ ।

सन् २०१६ मा अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले गरेको प्रक्षेपणमा विश्वभर हवाई यात्रुको संख्यामा ६.५ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको थियो । आइकाओले एशिया–प्रशान्त क्षेत्रमा भने ७.५ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको थियो । नेपालमा पनि सोहीदरमा हवाई यात्रुमा बृद्धि आएको हो । सन् २०१६ को अन्तरराष्ट्रिय तर्फ २० हजार ३ सय ४८ टन कार्गो ढुवानी भएको छ ।


क्लिकमान्डु