प्रत्येक स्थानीय तहलाई अर्थ मन्त्रालयद्वारा ५० लाख निकाशा




काठमाडौं । सरकारले प्रत्येक गाउँपालिकालाई १ करोड रुपैयाँ बजेट दिएको छ ।

सरकारले केही दिन सरकारले गाविस विघठन गरी स्थानीय तहम गाउँपालिकासहित ७ सय ४४ वटा स्थानीय तहको गठन गरेको थियो ।

भर्खरै गठन भएका स्थानीय तहलाई अर्थ मन्त्रालयले प्रतितह १ करोड रुपैयाँका दरले ७ अर्ब ४४ करोड रुपैयाँ बजेट निकाशा गरेको हो ।

५० लाख रुपैयाँ आजै निकाशा गरिसकिएको र बाँकी ५० लाख रुपैयाँ सो बजेट खर्च भएपछि दिने अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

स्थानीय तहका कर्मचारीको व्यवस्थापन र भौतिक संरचना निर्माणका लागि अर्थ मन्त्रालयले बजेट निकाशा गरेको महराले  बताए ।

मन्त्री महराका अनुसार सो निकाशा अर्थ मन्त्रालयमा रहेको विविध शीर्षक अन्तगर्तको  बजेट दिइएको हो ।


पुष्प दुलाल