बजाजले नेपालमा सार्वजनिक गर्यो नयाँ मोडलको बाइक, के के छन् विशेषता ?



काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।

राजधानीमा विशेष कार्यक्रम गर्दै बिहीबार बजाज ४०० डोमिनार मोटरसाइकल सार्वजनिक गरेको हो । यो मोटरसाइकलको मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ पर्नेछ ।

नयाँ मोटरसाइकल सार्वजनिक गर्दै हंसराज हुलासचन्द्र एवं कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले डिजाइन र इन्जिन प्रविधिको क्षेत्रमा बजाज उत्कृष्ट रहेको बताए ।

‘डोमिनार ४०० बाइक यात्रु अपेक्षाभन्दा बढी सजिलो हुनेछ,’ गोल्छाले भने ।

मोटरसाइकलमा आधुनिक चेसिस इन्जिनियरिङका साथमा ३७३.३ सीसीको ट्रिपल स्पार्क डिटिएसआइ इन्जिन छ ।

डोमिनार ४०० मोडलको मोटरसाइकलमा ६ स्पीड गियरबक्स र स्लिपर क्लच राखिएको छ भने १ सय ४८ किलोमिटर प्रतिघन्टाको दरले कुदाउन सकिनेछ ।

यो मोटरसाइकल देशभरका बजाज शोरुमहरुमा उपलब्ध हुने कार्यकारी निर्देशक गोल्छाले जानकारी दिए ।


पुष्प दुलाल