सानिमाको हकप्रद पाउन चैत १७ सम्म सेयर किन्नुपर्ने




काठमाडौं । सानिमा बैंकले जारी लागेको हकप्रद पाउनको लागि चैत १७ सम्म सेयर किन्नु पर्ने भएको छ ।

बैंकले दिएको सूचना अनुसार चैत १८ देखि हकप्रद सेयरको लागि बुक क्लोज हुने छ ।

बैंकले सेयरधनीलाई ३० प्रतिशत अर्थात १० कित्ता बराबर ३ कित्ता हकप्रद सेयर दिन लागेको छ । धितोपत्र बोर्डले सानिमालाई हकप्रदको लागि अनुमती दिइसकेको छ । सानिमाले १ अर्ब ५९ करोड १७ लाख ६१ हजार ७ सय कित्ता हकप्र्रद जारी गर्न लागेको हो ।


क्लिकमान्डु