कोरिया भाषा परीक्षाका लागि ७६ हजारको आवेदन



काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिइस) मार्फत कोरिया जानका लागि ७५ हजार ९ सय २५ जनाले भाष परीक्षाका लागि आवेदन दिएका छन् । कोरिया सरकारले १० हजार २ सय कामदार माग गरेकोमा माग संख्याभन्दा ७ गुणा धेरै आवेदन परेको हो ।

त्यसमध्ये कृषिका लागि ५१ हजार ३४ र उत्पादनमूलक क्षेत्रमा २४ हजार २ सय आवेदन परेका छन् । सरकाले चैत ९ गतेबाट आवेदन खुल्ला गरेको थियो ।

आवेदकले ग्लोबल बैंकमा २४ डलर तिरेर आवेदन भर्ने सरकारले व्यवस्था गरेको थियो ।

भाषा परीक्षाका लागि प्रवेशपत्र प्राप्त नगरेका तथा दरखास्त बुझाउँदा नाम, जन्ममिति, राहदानी नम्बरको त्रुटी सच्चाउन आवेदकले चैत २० देखि २५ गतेसम्म समय पाउने छन् ।

भाषा परीक्षा जेठ २७ र २८ गते काठमाडौंमा हुनेछ । पछिल्लो समय नेपाली कामदारका लागि कोरिया आकर्षक गन्तब्य हो ।


पुष्प दुलाल