सुजल फुड्सको रसिलो क्याण्डी बजारमा, १ रुपैयाँमै किन्न पाइने



काठमाडौं । सुजल फुड्स प्रा.लिले आफ्नो उत्कृष्ट उत्पादन रसिलो क्याण्डीको नयाँ विज्ञापन अभियान शुरु गरेको छ । नयाँ बजार प्रवर्धन योजनामा प्रसिद्ध हास्य कलाकार दिपक राज गिरीलाई अनुवन्धन गरिएको छ ।

विज्ञापन अभियानको नारा ‘चट्पटा स्वादिलो, पचाउछ सजिलो’ रहेको कम्पनीले जानकारी दिएको छ ।

रसिलो क्याण्डी सुजल फुड्सको रजिस्ट्रर ट्रेडमार्क हो । यसको उत्पादन अत्याधुनिक प्रविधि प्रयोग गरी अति स्वस्थ्यकर वातावरणमा उत्पादन गरिन्छ, त्यसैले हरेक पटक क्याण्डीको उपभोग गर्दा उत्पादनको गुणस्तर र स्वादमा एक रुपता पाइने कम्पनीको दाबी छ ।

चट्पटा स्वादिलो हुनुका साथै प्राकृतिक जडिबुटी तथा मसलाले भरिपुर्ण रहेको यो क्याण्डीको मज्जा जहाँ पनि जहिले पनि लिन सकिन्छ ।

रसिलो क्याण्डी मोइश्चर प्रुफ मेटालिक प्याकेजिङ्ग र आकर्षक फिनिसिङ्गमा उपलब्ध रहेको छ । यो क्याण्डी नेपालभरी १ रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ ।

उक्त विज्ञापन अभियानमा क्याण्डीको पृथक चट्पटा स्वाद र पाचन गर्ने गुणलाई विषेश प्राथमिकता दिएको छ, जसमा दिपक राजलाइ एक जादुगरको रुपमा प्रस्तुत गरिएको कम्पनीले जानकारी दियो ।

लक्ष्मी गु्रप अन्तर्गतको सुजल फुड्सले अन्तराष्ट्रिय स्तरको वेकर, टफि, क्याण्डी लगायत वबलगम, स्टिक गम उत्पादन गर्दै  आएको जनाएको छ ।


पुष्प दुलाल