नेपालमै पहिलो पटक मल्टिग्रेन आटा उत्पादन, २ केजीको प्याकमा उपलव्ध



केएल दुगड समूहले ७ वटा प्राकृतिक अन्नहरु: गहुँ, मकै, चना, भटमास, ओट्स, रागी र जौ को समिश्रण बाट तयार गरिएको ज्ञान मल्टिग्रेन आटाको उत्पादन बजारमा बिक्री सुरु गरेको छ ।

यसमा सात प्राकृतिक अन्नहरु मिश्रीत भएकाले प्रोटिन, भिटामिन, खनिज तत्व तथा डाइटरी फाइवर एकै साथ प्राप्त हुने कम्पनीको बिज्ञप्तीमा उल्लेख छ ।

शुद्ध गहुँको आटाको तुलनामा प्राकृतिक अन्नहरुको समिश्रण बाट विशेष रुपमा तयार पारेको ज्ञान मल्टिग्रेन आटाकोे ग्लाइसेमिक इन्डेक्स कम हुने हुदाँ सुगर सचेत ब्यक्तिको लागि बढी फाइदा जनक रहेको छ ।

यो आटा बजारमा २ केजीको प्याकमा उपलब्ध छ । यस्तो प्रकारको आटा नेपालमै पहिलो पटक उत्पादन गरि बिक्रि वितरण सुरु गरिएको कम्पनीको दाबी छ ।


क्लिकमान्डु