अब नगरकोटबाट बेलुनमा उड्न पाइने




काठमाडौ । नगरकोटबाट बेलुनमा उठेर काठमाडौं हेर्ने रहर छ । तपाईको रहर अब केही दिनमा पुरा हुँदै छ । बेलुन नेपाल प्रालिले नगरकोटबाट हट बेलुनमा ४ देखि ६ जनासम्मलाई उडाउने गरी गृहकार्य थालेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक बिक्रम बादे सरकारी निकायसँग अनुमतीको प्रक्रिया सबै सकिएको र केही समयभित्र हट बेलुनको उडान सुरु हुने बताए । ‘ बेलुन उडाउनको लागि नागरिक उड्यन मन्त्रालय र प्राधिकरणबाट स्वीकृति आएको छ’,उनले भने,‘ हवाई सुरक्षाको विषय टुंगेपछि उडानको काम सुरु हुन्छ ।’ सरकारबाट बेलुन उड्ने समय र बेलुन पुग्ने स्थानको सुरक्षा जाँच बाँकी रहेको छ ।

भक्तपुर निवासी बादेले दार्जिलिङमा पनि हट बेलुनको उडान देखि पछि नगरकोटमा यस्तै कामा थाल्ने सोचका साथ आफु अगाडि बढेको बताउँछन् । ‘ सुरमा हट बेलुनको उडान पहाडमा हुँदैन भन्ने मेरो बुझाई थियो’,उनले थपे,‘ यसपछि नेपालमा नगरकोटबाट उडान गर्ने सोचका साथ हट बेलुन उडाउने योजना अगाडि बढाएको हो।’

हट बेलुन उडाउनको लागि कम्पनीले १ करोड रुपैयाँ लगानी गरेको छ । थप ५ करोडसम्म लगानी हुने कम्पनीका प्रवन्ध निर्देशक बादेले बताए । हट बेलुन चेक रिपल्किपबाट आयत हुने छ ।

नेपालमा प्याराग्लाइडिङ उडान हुने भएपनि हट बेलुनको उडान पहिलो पटक हुन लागेको दाबी कम्पनीको छ । प्याराग्लाइडिङमा एक पटकमा पाइलटसहित २ जनाले उडान गर्नुमिल्छ । तर,हट बेलुनमा एकैपटक ६ जनासम्मले उडान गर्नमिल्छ ।
सुरक्षाको अनुमती पाएपछि कम्पनीले उडानको लागि विभिन्न खालको प्याकेज दिने तयारी गरेको छ ।


क्लिकमान्डु