फेवा विकास बैंकमा जागिर खुल्यो



काठमाडौं । फेवा विकास बैंकमा रोजगारीको अवसर खुलेको छ ।

बैंकले आइतबार सार्वजनिक सुचना मार्फत ब्रान्च म्यानेजर देखि गोल्ड टेस्टर पदमा आबेदन माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजर, जुनियर अफिसर, जुनियर असिस्टेन्स, गोल्ड टेस्टर पदका लागि आवेदन माग गरेको छ ।

ब्रान्च म्यानेजरका लागि ३ वर्ष बैंकिङ अनुभव र स्नातक तह उर्तिण र गोल्ड टेस्टरका लागि प्लसटु उर्तिण र बैंकिङ अनुभव हासिल गरेका आबेदकले आबेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।

आबेदकले बैशाख २५ गते भित्रमा आबश्यक कागजात सहित बैंकको प्रधान कार्यालय पोखरामा बुझाउनु पर्ने हुन्छ । अफिसर तहका लागि ४० र सहायक तहका लागि ३५ वर्ष ननागेका आबेदकले आबेदन दिन सक्ने छन् ।


क्लिकमान्डु