डिप्रोक्स लघुवित्तले माग्यो, प्रमुख कार्यकारी अधिकृत




काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकले प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग गरेको छ । लघुवित्तले न्युनतम ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत माग गरेको हो ।

मान्याता प्राप्त शैक्षिक संस्थामा कुनै एक विषमा स्नातकोत्तर उत्तीर्ण गरेको र बैंक, बीमा, वित्तिय संस्थामामा १० वर्षको अनुभव वा सिनियर व्यवस्थापनमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्ने छन् ।

आवेदकले जेष्ठ १८ गते भित्रमा लघुवित्तको प्रधान कार्यालय नारायणघाट, चितवन वा कुलेश्वर, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।

आवेदन मध्यमा छनोट भएका आवेदकलाई लघुवित्तलाई आगामी ४ वर्षको कार्ययोजना प्रस्तुती र अन्तरवार्ता मार्फत छनोट गरिने छ ।


पुष्प दुलाल