बीमामा जागिर खाने हो नयाँ कम्पनी ज्योति र पुरानो प्राइमले माग्यो आवेदन



काठमाडौं । बीमा समितिले नयाँ लाइसेन्स दिएपछि बीमा क्षेत्रमा जागिरको माग बढेको छ ।

बुधवार दुई बीमा कम्पनीले आवेदन मागेका छन् । नयाँ कम्पनी ज्योति इन्स्योरेन्सले माग्यो असिस्टेन्ट जेनरल म्यानेजर देखि जुनियर असिस्टेन्टसम्म आवेदन मागेको छ ।
इन्स्योरेन्सले १३ पदका लागि आवदेन माग गरेको हो ।

कम्पनीले असिस्टेन्ट जेनरल म्यानेजर, सिनियर म्यानेजर, म्यानेजर, डिपुटि म्यानेजर, असिस्टेन्ट म्यानेजर, ब्रान्च म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, अफिस सेक्युरेटी, सिनिएर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि इन्स्योरेन्सले आवेदन माग गरेको छ ।

असिस्टेन्ट जेनरल म्यानेजर २ जना र अफिस सेक्युरेटी १ जना तथा अन्य पदका लागि केहि संख्यामा आवेदन माग गरिएको इन्स्योरेन्सले जनाएको छ ।

आवश्यक पदमा स्नातकोत्तर उर्तीण र बैंक तथा इन्स्योरेन्स कम्पनीमा सिनियर तहमा ६ वर्षको अनुभव तथा इन्टरमिडिएट उर्तीणले सम्बन्धीत पदमा आवेदन दिन सक्ने छन् ।
आवेदकले असार ४ गतेसम्म इन्स्योरेन्सको मेल [email protected] मा आवेदन दिन सक्ने छन् ।

यस्तै पुरानो कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले डेपुटी चिफ एक्जक्युटिभ अफिसर र असिस्टेन्ट म्यानेजरका लागि आवदेन माग गरेको छ ।

इन्स्योरेन्सले दुवै पदका लागि स्नातकोत्तर उर्तीणका लागि आवेदन खुलाएको जानकारी गराएको छ ।

डेपुटी चिफ एक्जक्युटिभ अफिसरका लागि बैंकिङ तथा बीमा कम्पनीमा ६ वर्षको अनुभव र असिस्टेन्ट म्यानेजरका लागि बैंकिङ तथा बीमा कम्पनीमा २ वर्षको अनुभव भएकालाई विशेष प्राथमिकतामा राखेको छ ।

आवेदकले इन्स्योरेन्सको मेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् । जेष्ठ ३० सम्म आवेदकले आवेदन दिन सक्ने छन् ।


क्लिकमान्डु