व्यापारमा साधुहरुको भिडन्तः रामदेवलाई टक्कर दिन आए श्री श्री रविशंकर



 

काठमाडौं । पछिल्लो एक महिनामा पत्रिका तथा फेसबुकमा आध्यात्मिक गुरु श्री श्री रविंशकरका उत्पादनहरुको विज्ञापन देखिन थालेको छ । योगगुरु रामदेवजस्तै भारतमा आध्यात्मिक गुरु रविशंकर पनि चर्चित छन् ।

आर्ट लिभिङमा उनका अनुयायी विश्वअमा ३७ करोड पुगेका छन् । आर्ट अफ लिभिङ संस्थापक रविशंकरका नेपालमा अनुयायीहरु धेरै छन् ।

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीदेखि राप्रपा अध्यक्ष कमल थापा पनि रविशंकरका अनुयायी हुन् ।

सन् २०१७ सम्म २५ सय स्टोरमा यसलाई पुर्याउने तयारी श्री श्री आयुर्वेदले गरेको छ । कम्पनीले एफएमजी बजारमा हिस्सा बढाउनको लागि फ्युचर ग्रुपसँग सहकार्य गरेको छ ।

अहिले व्यापारको प्रवृत्ति पूर्णरुपमा परिवर्तन भएको छ । योगगुरु रामदेवको कम्पनी पतञ्जली आर्युवेदले व्यापारमा हात हालेपछि बहुराष्ट्रिय कम्पनीहरुलाई नराम्रोसँग धक्का दिएका छन् । गतवर्ष पतञ्जलीले १ खर्ब भारतीय रुपैयाँको व्यापार गरेको थियो ।

खानेकुरा देखि राम्रो बन्नका लागि प्रयोग गरिने एफमजी मार्केट विस्तारै साधुहरुको कब्जामा जान लागेको छ ।

भारतमा जस्तै नेपालमा पनि योगगुरु रामदेवका उत्पादनको बजार हिस्सा हरेक वर्ष बढ्दो छ । रामदेवका उत्पादन अहिले काठमाडौं लगायत सहरी इलकामा हरेक घरमा प्रभाव जमाइसकेका छन् ।

खुद्रा व्यापारीसँगको कुराकानीमा नेपालको एफएमजी बजारमा पछिल्लो २ वर्षमा रामदेवको बिस्तार आक्रमक छ ।

रामदेवको व्यापारलाई टक्कर दिन रविशंकरले श्री श्री आयुर्वेद कम्पनीको स्थापना सन् २००३ मा गरेका थिए ।

रामदेवको तुलनामा रविंशकरको उत्पादनको बजार हिस्सा कम छ । तर, एक वर्षदेखि श्री श्री आयुर्वेदले भारत तथा नेपालमा व्यापारमा हिस्सा बढाउन लागि परेको छ ।

रविंशकर कम्पनीबाट उत्पादन भएका वस्तुको बिक्रीको लागि गत सर्भिय आयुर्वेद कम्पनीको स्थापना गरिएको थियो ।

श्री श्री आयुर्वेद कम्पनीबाट उत्पादन भएको वस्तुको नेपालमा बिक्री वितरण गर्ने डिलर सर्वेय हो । यसको कार्यालय त्रिपुरेश्वरमा छ ।

कम्पनीले अहिले श्री श्री उत्पादनको सब डिलरहरु खोजिरहेको छ ।

‘काठमाडौंमा अधिकाशं स्थानमा सब डिलरको नियुक्ती गरिसकेको छ,’ कम्पनीका एक अधिकारीले क्लिकमाण्डूसँग भने,- ‘यसको बिक्रीबाट आउने रकम आर्ट अफ लिभिङको सहयोगलाई जाने हो ।’

कम्पनीको फेसबुक पेज अनुसार काठमाडौंका ठूला डिपार्टमेन्ट स्टोर काठमाडौं बाहिर पनि डिपार्टमेन्ट स्टोरमा श्री श्री कम्पनीका उत्पादनहरु पाइन्छन् ।

अहिले कम्पनीले खाद्य सामाग्री, घ्यूदेखि लिएर सौन्दर्यका सामाग्रीको बिक्री गर्दै आएको छ ।

भारतीय संचारमाध्यमका अनुसार रामदेवको पतञ्जलीको व्यापारको तुलनामा रविशंकरको व्यापारको हिस्सा धेरै कम छ ।

भारतीय आर्थिक पत्रिका बिजनेश स्टाण्डर्टमा प्रकाशित समाचार अनुसार भारतमा अहिले ६ सय स्टोरमा रविशकंरका उत्पादनहरु पुगेका छन् ।

सन् २०१७ सम्म २५ सय स्टोरमा यसलाई पुर्याउने तयारी श्री श्री आयुर्वेदले गरेको छ । कम्पनीले एफएमजी बजारमा हिस्सा बढाउनको लागि फ्युचर ग्रुपसँग सहकार्य गरेको छ । फ्युचर ग्रुपले यसभन्दा अघि रामदेवको कम्पनीबाट उत्पादन भएका वस्तुलाई बिक्री गरेको थियो ।

भारतीय बाबाहरुको व्यापारमा भएको प्रवेशले भने बहुराष्ट्रिय कम्पनीको व्यापारमा थप धक्का दिने भएको छ ।


क्लिकमान्डु