अख्तियारको हिरासतमा रहेका चुणामणि शर्मा नर्भिक हस्पिटलमा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अनियमिताको आरोपमा हिरासतमा लिएका आन्तरिक राजस्व विभागका महानिर्देशक चुणामणि शर्मा नर्भिक हस्पिटलमा भर्ना भएका छन् ।

अख्तियारले तीनसाता अगाडि शर्मालाई प्रक्राउ गरेको थियो । कर फस्र्योट आयोग मार्फत अर्बै रकम कर छुट दिएको आरोपमा शर्मा पक्राउ परेका हुन् । अख्तियारले आयोगका अध्यक्ष लुम्बध्वज(एलडी) महत र अर्का सदस्य उमेश ढकाल विरुद्ध पक्राउ गर्नको लागि सार्वजनिक सूचना जारी गरेको छ ।

शर्मालाई बयानको लागि विशेष अदालतले चार पटक म्याद थपेको छ । अख्यियारले पछिल्ला तीन दिनदेखि शर्मा बिरामी परेको हुँदा बयान नलिएको जनाएको छ ।


क्लिकमान्डु