अन्तिम मतपरिणाम आउन थाल्यो, कसले कहाँ जिते ?



काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत बुधबार सम्पन्न भएका ३ सय ३४ तहमध्ये अधिकांस स्थानमा मतगणना भइरहेको छ । मतगणना सुरु भएका स्थानहरुमा काँग्रेस र एमालेबीच नै कडा प्रतिस्प्रर्धा देखिएको छ ।

माओवादी केन्द्र अघिल्लो चरणको चुनावमा जस्तै तेस्रो हुने प्रतिस्प्रर्धामा रहेको छ ।
हालसम्म आएका परिणामा काँग्रेस एमाले र माओवादी केन्द्रले एक/एक स्थानमा विजय हासिल गरेका छन् । मतगणना जारी रहेका स्थानमध्ये विहान सम्मको प्रारम्भिक नतिजा अनुसार एमाले अग्रस्थानमा देखिएको छ ।

काँग्रेसले एमालेलाई पन्छाईरहेको छ । एमाले हालसम्म १ सय १३स्थानमा अगाडी रहेको छ । भने काँग्रेस १ सय ९ स्थानमा अगाडी रहेको छ । त्यस्तैगरी माओवादी केन्द ४१ स्थानमा अगाडी देखिएको छ ।

प्रदेश नम्बरका १ मा एमाले र काँग्रेस ५५ स्थानमा अगाडी छन् । यता माओवादी केन्द्र १० स्थानमा अगाडी छ । त्यस्तै प्रदेश नम्वर ५ मा मा पनि एमाले अगाडी रहेको छ । जसमा एमाले ३९ स्थानमा अगाडी हुदाँ नेपाली काँग्रेस २९ स्थानमा अगाडी देखिएको छ । त्यस्तैगरी माओवादी केन्द्रले १७ स्थानमा अग्रता लिएको छ ।

प्रदेश नम्बर ७ मा पनि नेपाली काँग्रेसले २५ वटा तहको प्रमुखमा अगाडी देखिएको छ भने एमाले १९ स्थानमा अगाडी छ । यता माओवादी १४ स्थानमा अगाडी देखिएको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहको नेतृत्वका लागि ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा थिए । जसबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।


पुष्प दुलाल