अवैध भारु नोटसहित दुई पक्राउ, ५ लाख भारु बरामद



काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले भारतीय ५,००/- र १,०००/- दरका अवैध भारु नोटसहित २ जनालाई पक्राउ गरेको छ । ब्यूरोले बिहिवार बुद्धनगरबाट गणेश घिमिरे तथा तीर्थराज पोखरेलललाई पक्राउ गरेको हो ।

व्यूरोले सुराकीको आधारमा दुबैजनालाई ५ लाख अवैध भारु नोटसहित पक्राउ गरिएको जानकारी दिएको छ ।

कस्मेटिकको सामाग्रीहरुको कारोबार गर्ने निजहरुले भारतबाट सस्तो मुल्यमा प्रतिबन्धित भारु नोट खरिद गरि अवैध तरिकाले अर्थोपार्जन गर्ने उदेश्यले काठमाडौं भित्र्याएको ब्यूरोले दाबी गरेको छ ।

दुबैको साथबाट ५ सय दरका ८१० वटा भारु नोट तथा १ हजार दरका ९५ वटा भारु नोट बरामद गरिएको व्यूरोले जानकारी दिएको छ ।

 


क्लिकमान्डु