आक्रामक लगानी विस्तार गर्दै केएफसी, नयाँ ५ स्थानमा आउटलेट खुल्दै



काठमाडौं । बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राइड चिकेन) चेनले नेपालमा आक्रामक लगानी विस्तारको योजना बनाएको छ ।

चेनले निकट भविष्यमा थप दुई स्थानमा आउटलेट संचालनमा ल्याउन लागेको हो । भने तीन वर्षभित्र थप अन्य तीनवटा आउटलेट संचालनमा ल्याउने योजना बनाएको छ ।

व्यवस्थापक देवयानी इन्टरनेसनल नेपाल प्रालिले काठमाडौंको बौद्ध र ललितपुरको लबिम मलमा केएफसीको चेन संचालनमा ल्याउन लागेको हो । दुवै स्थानमा निर्माणकार्य धमाधम भइरहेको छ ।

केएफसी विश्वकै चर्चित चिकेन रेस्टुरेन्ट हो । हाल विश्वका १ सय २५ भन्दा बढी मुलुकमा २० हजार ५ सय वटा केएफसीका आउटलेटहरु रहेका छन् ।

संचालनमा आउन लागेको उक्त दुई चेनमा २० करोड लगानी गर्ने योजना चेनको छ । संचालनमा आउन थालेका नयाँ चेनमा १ सय जनालाई रोजगारीको अवसर समेत सिर्जना हुने छ । पोखरमा भने दुई महिना अगाडी संचालनमा आइसकेको छ ।

अमिरिकी ब्रान्ड केएफसी नेपालमा सन् २००९ को अक्टोबर महिनादेखि काठमाडौंको दरबारमार्गमा संचालनमा आएको हो । त्यसपछि सन् २०१२ मा त्रिपुरेश्वरको ब्लुवर्ड मलमा समेत स्थानपना भएको थियो ।

केएफसी विश्वकै चर्चित चिकेन रेस्टुरेन्ट हो । जसलाई ७० वर्ष अगाडि एकजना कुकले स्थपना गरेका थिए । हाल विश्वका १ सय २५ भन्दा बढी मुलुकमा २० हजार ५ सय वटा केएफसीका आउटलेटहरु रहेका छन् ।

केएफसीले ३ वर्षमा ३ वटा चेन थपिसक्ने योजना समेत अगाडी बढाएको छ । चेनले नेपालमा देवयानी इन्टरनेशनलको पिज्जाहट संचालन गरिहरको छ । हाल केएफसी नेपालले स्वदेशमै उत्त्पादित कुखुराको मासु प्रयोग गरिरहेको छ ।

केएफसीले भ्याली कोल्ड स्टोरबाट कुखुराको मासु खरिद गर्ने गरेको छ । केएफसीले विराटनगर, चितवन, इटहरी धरान लगायत मुृलुकका ठुला शहरमासमेत जाने गृहकार्य भइरहेको जनाएको छ ।


क्लिकमान्डु