एनआइसी एसियाले २०० कर्मचारी माग्यो




काठमाडौं । एनआइसी एसिया बैंकले रोजगारीका लागि २ सय कर्मचारीको लागि आवेदन माग गरेको छ । बैंकले २ सय ट्रेनि एसिसटेन्टका लागि आवेदन माग गरेको हो ।

बैंकले क्षेत्रीय ब्रान्च मेची, सगरमाथा, कोशी, जनकपुर, नारायणी, गण्डकी, धौलागिरी, लुम्बिनी, भेरी, राप्ती, सेती, महाकाली र बाग्मतीका लागि आवेदन खुलाएको जनाएको छ ।

स्नातक उर्तीणले ट्रेनि एसिसटेन्टका लागि आवेदन दिन सक्ने छन् । १८ बर्ष उमेर पुरा गरेका र ३० बर्ष उमेर नकटेकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

आवेदकले www.merojob.com/nicasia बाट साउन ८ गतेभित्रमा आवेदन दिन अनलाईन आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल