बैदेशिक रोजगारीमा जानेहरुका लागि आयो ‘मुग्लान एप’, के के छन् विषेशता ?



काठमाडौं । नेपालको अर्थतन्त्रलाई एक वाक्यमा भन्नु पर्यो भने सजिलै भन्न सकिन्छ, रेमिट्यान्सले धानेको अर्थतन्त्र । अधिकतम नेपालीहरुको सपना भनेको विदेशमा गएर धन कमाउने हुने गरेको छ ।

स्कुलमा अध्ययन गर्ने विद्यार्थीलाई बाबु तिमी भविष्यमा के बन्छौं ? भन्ने प्रश्न गर्यो भने उसले दिन सहज उत्तर हो, विदेश गएर पैसा कमाउने ।

विदेशमा गएर पैसा कमाउन सजिलो छैन, छुटै परिवेश, रिती-रिवाज, नियम कानूनलगायत अनेक समस्या आउने गरेको छ ।

देशमा बढ्दै गएको बेरोजगारी र पारिवारिवारीक बाध्यताका कारण दैनिक १५ सयको हाराहारीमा नेपाली युवा रोजगारी तथा अध्ययनका लागि विदेशीनी गरेका छन् ।

पैसा कमाउन ४० डिग्रीभन्दा माथिको चर्को घाममा हड्डी पगाल्नु पर्ने बाध्यता छ । उनीहरुले पठाएको पैसाको बलमा नेपालले आयातमुखी अर्थतन्त्र चलाएको छ ।

आयातबाट उठेको करले सरकारले आफ्नो ढुकुटी भर्छ । र, मुलुकको खर्च चलाउँछ । चालु आर्थिक बर्षको झण्डै ८ खर्ब रुपैंयाँ हाराहारीको ब्यापार घाटाले नै धेरै थोक बताउँछ, नेपालको अर्थतन्त्रको बारेमा ।

यद्यपी आफ्नो हड्डी पगाल्दै नेपालको अर्थतन्त्र धानेर बसेका दाजुभाइहरुलाई सरकारको तर्फबाट सामान्य सेवा–सुबिधा पनि प्रदान गरिएको छैन ।

उनीहरु बिदेश जाँदा अध्यागमनको फारम भर्न नसकेर यता उता भौतारींदा सरकारी सहयोग उपलब्ध छैन । बरु, सरकारी कर्मचारी उल्टै दुब्र्यहार गर्छन् ।

बिदशमा अलपत्र पर्दा दुतावासले उचित सहयोग नगरेको गुनासो उत्तिकै सुनिन्छन् । म्यानपावर र बिदेशी कम्पनीले दिने गरेका दुःखका कहानीहरु सुनिसाध्य छैनन् ।

यस्तो परिस्थितिमा बिदेशमा काम गरिरहेका नेपालीहरुलाई थोरै भए पनि सहयोग पुगोस भनेर ‘मुग्लान’ संचालनमा रहेको छ ।
आज हामी मोबाइल एपले विदेश जानु पूर्वध्यान दिनुपर्ने कुरा र विदेशमा रहदा आउने समस्यालाई कसरी हल गर्न मद्दत पुर्याउ छ भन्ने जानकारी दिने प्रयासमा छौं ।

एपले कसरी गर्छ सहयोग ?

विदेश बस्ने सबै नेपालीको दुतावाससँग पहुँच पुगेको हुन सक्दैन । एपमा रहेको दुतावास भन्ने फिचर नेपाली दुतावासको सम्पूर्ण विवरण हुन्छ ।

दुतावास कार्यालयको हटलाइन नम्बर, दुतावासको नक्सा, दुतावसले गर्ने कार्यक्रमको विवरण, काम गर्न जाने देशको नियम र कानुनको बारेमा पनि जानकारी राखिएको हुन्छ ।

सरकारबाट कालो सूचिमा राखिएको मेनपावरको बारेमा पनि जानकारी राखिएको हुन्छ । जसको मद्दतबाट वैदेशिक रोजगारीमा जाने व्यक्ति मेनपावरबाट ठगिनबाट बच्न सक्छन् ।

एपमा समचार, भिडियोलगायतका थप सेवाहरु छन् । जसको मद्दतले विदेशमा रहेका नेपाली नगरिकले नेपलको अवस्था बारेमा जानकारी लिन सक्छन् ।

एन्ड्रोइड मोबाइलमा ‘प्ले स्टोर’ र आइफोनमा ‘एप स्टोर’बाट मुग्लान एप डाउनलोन गर्न सकिन्छ ।


पुष्प दुलाल