साउने खहरेमा उर्लिएको नेप्से आज स्थिर




काठमाडौं । हिजो (मंगलबार) साउने खहरे झैं ३४ अंकले उर्लिएको नेपाल स्टक एक्सेन्ज (नेप्से) स्थिर देखिएको छ । आज नेप्से १.४१ अंकले घटेर १६३७.२७ अंकमा अघेको छ ।

आज १ सय ५५ कम्पनीका १६ लाख ८४ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । १ अर्ब १७ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।

होटल समूह १०.३४ र बीमा समूह ५१.९६ अंकले बढेका छन् ।

बैंकिङ समूह २.७७, विकास बैंक ४.७१, जल विद्युत ३.१९, विकास बैंक ४.१७, वित्तिय समूह ७.०९, उत्पादन मुलक समूह २.६४ र अन्य समूह ०.५८ अंकले घटेका छन् ।

अपि पावर कम्पनीका लगानीकर्ताले ९.९६ अंकले कमाएका छन् ।

सिनर्जी फाइनान्स, पोखरा फाइनान्स र नेस्नल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ४.९, ४.५२ र ४.२२ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल