प्रधानमन्त्रीज्यू, हेर्नुस् त यस्तो छ राजधानीका सडकको हालत (फोटोफिचर)



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र काठमाडौंको सडकमा खाल्डा पुर्न निर्देशन दिएको ७ दिन भइसक्यो । तर, सडकको हालत भने जस्ताको त्यस्तै छ ।

अघिल्लो शुक्रबार अपरान्ह राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयालको ढलले बगाएर निधन भएको थियो । उक्त घटनाप्रति ध्यानाकर्षण गर्दै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्या नदोहोरिने गरी समाधानगर्न निर्देशन दिएका थिए ।

तर, त्यसपछि महाराजगञ्जको बीच सडकमा रहेको खाल्डोमा एउटा कार खस्यो ।

प्रधानमन्त्रीले खाल्डा खुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था आएको भन्दै तत्काल खाल्डाहरु पुर्न निर्देशन दिँदै आवश्यक बजेट उपलब्ध गराउने बाचा गरेका थिए ।

 


पुष्प दुलाल