यसरी भाँचियो डेढ करोड खर्चेर राजधानीमा भर्खर बनाइएको पुल (फोटोफिचर)



काठमाडौं । काठमाडौं महानगरपालिकास्थित पुरानो ढल्को चोकमा बनाइएको नयाँ पक्की फलामे पुल उद्घाटन गर्न नपाउँदै भाँचिएको छ । सो पुल आगामी साता उद्घाटन गर्ने तयारी हुँदै गर्दा पुल बिहिबार भाँचिएको हो ।

पुल भाँचिदा ५ जना सर्वसाधारण घाइते भए ।

हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको सो पुल शुक्रबारसम्ममा निर्माण सम्पन्न गरिने योजना लिईएको थियो ।

पुलमा २३ वटा स्ल्याब राखिसकिएको र अन्तिम स्ल्याब हाल्ने क्रममा पुल भाँचिएको हो । सो पुल निर्माणको लागत करिब डेढ करोड रुपैयाँ रहेको छ ।
गुणस्तरहिन सामग्रीको प्रयोग र निर्माणको लापरवाहीले पुल भाँचिएको स्थानीयबासीले आरोप लगाएका छन्।

करीव डेढ वर्षअघि ठेक्का सम्झौता भएर एक वर्ष अघिदेखि पुल निर्माणको काम अघि बढाइएको थियो । डेढ करोड रुपैयाँ लागत पुल निर्माणको सम्झौता भएको थियो ।

 


क्लिकमान्डु