नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्कको लगानी व्यवस्थापन सेवा सुरु



काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) सेवा सुरु गरेको छ । नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक अनुकूल भटनागरले उक्त सेवाको सुभारम्भ गरेका हुन् ।

व्यक्तिगत तथा संस्थागत दुवै खाले सेवाग्राहीलाई लक्षित गरी प्रचलनमा ल्याइएको यो सेवा लगानीको गुणस्तर, बृद्धि, दिर्घकालिन लाभ र मूल्यमा आधारित उपयुक्त छनौट सिद्धान्तलाई अनुसरण गरी तर्जुमा गरिएको हो ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्कको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) अन्र्तगत ब्यक्तिगत लगानीकर्ता लक्षित एनएसएमविएल इक्वीटी पोर्टफोलियो, एनएसएमविएल प्रुडेन्ट इक्वीटी पोर्टफोलियो, एनएसएमविएल धनबृद्धि पोर्टफोलियो गरी विभिन्न चार योजना तथा संस्थागत लगानीकर्ता लक्षित एनएसएमविएल कर्पोरेट पोर्टफोलियो रहेका कम्पनीले जानकारी दिएको छ ।

लगानीकर्ताको लगानी क्षमताका आधारमा फरक फरक लगानी अवधि तथा लगानी सीमा एवं ग्राहकको चाहना÷इच्छा अनुसार छोटो समयमै प्राप्त हुने प्रतिफल सहजै फिर्ता वा पुनलगानी गर्न सकिने जस्ता विशेषताहरु उक्त लगानी व्यवस्थापन सेवामा रहेका छन् । एनएसएमबिएलले सञ्चालनमा ल्याएको लगानी व्यवस्थापनका योजनाहरु स्वेच्छिक (डिस्क्रिशनरी) तथा गैर स्वेच्छिक (नन डिस्क्रिशनरी) गरी दुवै किसिमका रहेका कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक डा. नवराज अधिकारी, नेपाल एसबिआई बैंकका नायव सिईओ तथा प्रमुख संचालन अधिकृत शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत प्रियरंजन, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्कका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे लगायत बैंक तथा मर्चेन्ट बैंकका अन्य उच्चपदस्थ कर्मचारीहरुका साथै बैंकका २०० भन्दा बढी ग्राहकको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्क नेपाल एसबिआई बैंकको पूर्णस्वामित्वको सहायक कम्पनी हो ।


क्लिकमान्डु