बाढीको कारण सौराहको १५० होटल प्रभावित, १५ करोडको क्षती



काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीले पर्यटकिय क्षेत्र सौराहका १५० होटलमा क्षती पुगेको छ ।

होटल एशोसियन अफ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले जारी गरेको विज्ञप्ती अनुसार बाढीले सौराह क्षेत्रमा मात्र १५ करोडको क्षती पुगेको छ ।

लगातारको वर्षासँगै आएको बाढीका समयमा सौराहामा रहेका झण्डै ६ सय पर्यटकलाई सुरक्षित रुपमा राख्न र तिनीहरुलाई सुरक्षित गन्तव्य तर्फ पुर्याइएको एशोसियनले जनाएको छ ।
सौराहमा कुनै मानवीय क्षती भने भएन । स्थानीय होटल व्यवसायीको समन्वय, कर्मचारी र स्थानीय जनताको सहयोगले हामीले ठूलो संकटसँग सजिलै जुध्न सकेको बाढीको बहाव सकिने वित्तिकै होटल सरसफाई गरि संचालनमा भरमग्दुर कोशिस गरिरहेका एशोसियनले जानकारी दिएको छ ।

बुधवारबाटै १५ वटा होटल संचालनमा आउनेछ भने अरु केही एक साताभित्र संचालनमा आउनेँ छ। राप्ती किनारामा रहेका होटलमा बढी क्षति भएकोले ती होटल संचालन गर्न केही समय लाग्नेछ ।

समयमा नारायणगढ मुग्लिन सडक नबन्दा संकटमा रहेको सौराहाको पर्यटनलाई बाढीले थप आर्थिक ब्ययभार थपेको भन्दै एशोसियनले करोडौं ऋण लिएर लगानी गरेका होटल व्यवसायी थप संकटमा परेका जनाएको छ ।

सौराहामा रहेका होटल व्यवसायीका लागि ऋणको ब्याजदरमा सहुलियत दिनका लागि सरकारसँग माग गरेको छ ।

सौराहाका होटल व्यवसाय आर्थिक रुपमा टाट पल्टिँदा त्यसको प्रत्यक्ष मार राज्यलाईनै पर्ने बताएको छ ।

यस्तै बाढीले वन्यजन्तु समेत गम्भिर रुपमा प्रभावित भएको र वन्यजन्तुको संरक्षणका लागि तत्कालै सरकारी टोलीले आवश्यक पहल गर्न माग गरेको छ ।


क्लिकमान्डु