तेस्रो चरणको स्थानीय निर्वाचन: भोलिदेखि निर्वाचन आचार संहिता लागु



काठमाडौं । तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते हुने भएकाले भदौ १ गते देखि निवर्वाचन आचार संहिता लागु हुने भएको छ ।

निर्वाचनलाई निष्पक्षय, स्वच्छ, पारदर्शी र भयरहित तरबरबाट सम्पन्न गर्न निर्वाचन आयोगले भोली देखि नेपाल सरकार र सरकारका मन्त्रीहरुलाई आचार संहिता लागु गरेको छ । साथै सरकारी संघ, संस्था, कार्यालय, कर्मचरी, स्थानीय तह, सरकारी तथा अर्धसरकारी कार्यलय र त्यहाँ कार्यरत कर्मचरीलाई आचार संहिता लागु हुनेछ ।

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभाग जस्ता निकाय र त्यसमा कार्यरत सुरक्षाकर्मीहरुलाइै आचार संहिता लाग्ने छ ।

निर्वाचनमा खटिएका कर्मचारी, निजी तथा सरकारी संचारमाध्यम देखि सार्वजनिक पद धारण गरेका सबै ब्यक्तीलाई आचार संहिता लाग्ने छ ।


क्लिकमान्डु