अरुण भ्याली हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी २०औँ वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिने छ ।


पुष्प दुलाल