ग्लोबल आइएमई बैंकले दियो बाढी पीडितलाई ६५ लाख



काठमाडौं । ग्लोबल आइएमई बैंकले बाढी पीडितको लागि ६५ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ६५ लाखको चेक हस्तान्तरण गरे ।

बैंकले आफ्नो तर्फबाट ५१ लाख तथा कर्मचारीहरुको १ दिनको तलब वापत १४ लाख रुपैयाँ गरेर ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा आइएमर्ई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल उपस्थित रहेको थियो ।

ग्लोबल आइएमई बैंकका  ढकालले विगतमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मुलुकमा विभिन्न समयमा आइपरेका प्राकृतिक प्रकोपमा सहयोग प्रदान गरेको स्मरण गराउँदै अहिले पनि मुलुकमा आइपरेको विपत्तिको सामना गर्न सरकारलाई सहयोग गरेको जानकारी दिए ।

साथै, बाढी पहिरो पिडित व्यक्तिहरुकालागिआर्थिक सहयोग उपलब्ध गराउनचाहने महानुभावहरुले ”प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष, सिंहदरबार”को नाममा यस ग्लोबल आइएमई बैंकको ज्ञानेश्वर शाखामा खोलिएको खातानम्बर ”०४११०१००००००५”मा बैकको व्यवस्था गरिएको जनाएको छ ।


क्लिकमान्डु