यी हुन् १०० सीसीका ३ सस्ता मोटरसाइकल, माइलेज ९९ किलोमिटर !




काठमाडौं । मोटरसाइकलमा इन्धन  किफायती सबैको चाहना हुन्छ । तरपनि १०० सीसीमा ग्राहकको मन जित्न सफल ३ मोटरसाइकलमा हिरो एचएफ डिएडव्लुडाउन १००, टिभिएस स्पोर्ट र बजाज सिटि १०० हुन् ।

हिरो एचएफ डिएडव्लुडाउन १०० : यो बाइकले ८२ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी कम्पनीको रहेको छ । ४ स्पिड म्यानुयल गियर रहेको यस मोटरसाइकलको अधिकतम स्पिड क्षमता ८८.५६ किलोमिटर प्रतिघण्टा रहेको छ । यसको भारतीय बजारमा ३९००० मुल्य तोकिएको छ । नेपाली बजारमा समेत यसको बिक्री हुने गरेको छ ।

टिभिएस स्पोर्ट : यो सर्वाधिक माइलेज दिने मोटरसाईकलमा मध्येमा पर्छ । यसले प्रतिलिटर ९५ किलोमिटर माईलेज दिने कम्पनीको दाबी छ । यो १०० सिसि सेग्मेन्टमा सबैभन्दा बढी स्टाइलिस बाइकमा पर्छ । यसको भारतीय बजारमा मुल्य ३७ हजार ५ सय भारु रहेको छ । यो बाइकसमेत नेपाली बजारमा बिक्री बितरण हुने गरेको छ । यसमा ४ स्पिड म्यानुयल गियर जडान गरिएको छ ।

बजाज सिटि १०० : यो बाइक सेग्मेन्टमा सबैभन्दा सस्तो बाइक हो । भारतीय बजारमा यसको मुल्य ३० हजार तोकिएको छ । ४ स्पिड म्यानुयल गिएर जडीत यो बाइकले प्रतिलिटर ९९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।


क्लिकमान्डु