यातायात व्यवसायीको बार्गेनिङ छत र भाडा बृद्धिमा

दशैको टिकट बुकिङ नखुल्दा हजारौ यात्रु अलमलमा

क्लिकमान्डु २०७४ भदौ २२ गते ९:१७ मा प्रकाशित

काठमाडौं । यातायात व्यवसायीले भाडा बृद्धि तथा छत राख्न नपाएसम्म दसैँको टिकट बुकिङ खुल्ला नगर्ने अडान लिदाँ आजबाट हुने भनेको अग्रिम टिकट बुकिङ रोकिएको छ । विभाग र व्यवसायीबीच भदौ २२ गते बिहिबार देखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको थियो ।

यातायात व्यवस्था विभाग र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच भदौ २२ गतेबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको थियो । तर सहमती विपरित व्यवसायीले भाडा बृद्धि र छत राख्न नपाएसम्म बुकिङ नखुलाउने अडान लिदाँ दशैमा घर जाने हजारौ यात्रु अलमलमा पर्ने भएका छन् । आज विहान टिकट काट्न नयाँ वसपार्क पुगेका सयौ यात्रुहरु रित्तो हात फकिएका छन् ।

व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर (छत) राख्न पाउनुपर्ने माग पूरा नहुँदा सम्म अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघले गत असारबाट भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई दबाब दिंदै आएको थियो ।

उक्त सहमतिसँगै विभागले भाडा समायोजन गर्ने सहमति पनि भएको महासंघले जनाएको छ । विभागले भाडा समायोजनको निर्णय नगर्दासम्म टिकट खुला नगरिने महासंघका अध्यक्ष डोलनाथ खनालले बताए ।

व्यवसायीहरुका मागहरूप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष खनालले भने, ‘चार वर्षदेखि भाडा समायोजन भएको छैन हामीले असारदेखि भाडा समायोजन गर्न भनिरहेको छौँ,’ खनालले भने ।

विभागले भने भाडा समायोजनको काम भइरहेको तर तत्काल वृद्धि गर्न नसकिने जनाएको छ । यातायात महासंघका दुई वटा मागहरु छन , जुन भाडा समायोजन र छत राख्न पाउनुपर्ने हो । यी दुवै मागउपर काम भइरहेको विभागले जनाएको छ ।

तर, तोकिएको समयमा अग्रिम टिकट बुकिङ खुला नगरिए सम्बन्धित सवारीलाई कारबाही गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराई बताए । ‘टिकट ब्ुकिङ नगर्ने सम्बन्धित सवारीलाई कारबाही गछौ,’ भट्टराईले भने ।

उनले भने, ‘भाडा समायोजनको काम भइरहेको छ, क्यारियर राख्ने कामको लागि नियमावली नै संशोधन गर्नुपर्छ त्यसका लागि विभागले पहल गर्ने हो संशोधन गर्न सक्दैन, अग्रिम टिकट बुकिङ खुला गरिनुपर्छ नगरिए हामी कारबाही गर्छौं। ’

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स