अभनिस डिष्टिलरीको एम्पेरर् स्कच् माल्टस् नेपालमा



काठमाडौं । अभनिस डिष्टिलरिले एम्पेरर् स्कच् माल्टस्/व्हिस्की नेपाली बजारमा ल्याएको छ । नेपालमा पहिलो पटक एक प्रिमियम व्हिस्की जसमा ५ वर्षदेखि पाक पुर्याईएको स्कच् माल्टस् एकदमै उत्तम गुणस्तरको शत प्रतिशत ग्रेन स्पिरिटको साथमा राखि ल्याइएको कम्पनीले जनाएको छ ।

यसको मुल्य ७५० मि.लि.को ७ सय रुपैयाँ स्पेशल अफरको रुपमा निर्धारण गरिएको छ ।

कम्पनीको प्रेस विज्ञप्ति अनुसार, ‘हामीले एकदमै ध्यानपूर्वक स्कटल्याण्डको उत्कृष्ट स्कच् माल्टस् आयात गरेका छौं । यसमा रिच र स्मोकी फ्लेवरको पूर्ण सन्तुलन रहेको छ र शतप्रतिशत शुद्ध ग्रेन स्पिरिटसँग मिसाइएको छ । यी तत्वहरुको मिश्रणले हाम्रा ग्राहकहरुलाई एक सहि स्वाद र फ्लेवरको अनुभव दिनेछ ।’

एम्पेरर् व्हिस्की आइएसओ गुणस्तर प्रमाणीत कम्पनीद्धारा उत्पादित हो साथै काठमाडौंका प्रत्येक पसलहरुमा यो व्हिस्की उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु