ली मोबी केयर संचालनमा, कुलप्याड र ओटो फोनको पहिलो आधिकारिक सर्भिस सेन्टर



काठमाडौं । जयमाँ इन्टरकन्टिनेन्टल प्रालिको अतिरिक्त सहायक कम्पनी ली मोबी केयरले अब कुलप्याड स्मार्टफोन र ओटो फोनहरुका लागि पहिलो आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

काठमाडौंको सुन्धारामा रहेको सिभिल मलको चौथो तल्लामा रहेको सो सर्भिस सेन्टर सोमबार एक कार्यक्रमको आयोजना गरि शुरु भएको घोषणा गरिएको छ ।

नयाँ तरिकाले डिजाइन गरिएको सर्भिस सेन्टरले कुनै पनि देशवाट पर्सनल डिजिटल इलेक्ट्रोनिक्स खरिद गरेको पीडिई ग्राहकलाई सेवा दिने बताईएको छ ।

सो सर्भिस सेन्टरले अन्तराष्ट्रिय स्तरमा लेभल फोरको सेवा प्रदान गर्ने जानकारी दिईयो । ग्राहकहरुलाई कम समयमा तत्काल सेवा प्रदान गर्न अध्याधुनिक प्रविधि र उपकरणहरु राखिएको कम्पनीले दाबी गरेकोछ ।

कुलप्याड स्मार्टफोन प्रयोगकर्ताहरुको लागि ९० दिनको निःशुल्क सेवा सुविधाहरु उपलब्ध छ भने ओट्टो फोन प्रयोगकर्ताहरुले ४५ दिनको निःशुल्क सेवा सुविधा प्राप्त गर्नेछन् ।

स्मार्टफोन प्रयोगकर्ताहरुलाई सहजरुपमा सेवा सुविधा दिलाउनका लागि आवश्यक उपकरण र प्रविधिहरु सहित सेवा शुरु गरिएको कम्पनीका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए ।


क्लिकमान्डु