मूल्य ३० हजार रुपैयाँ पर्ने एमआइ ए वान स्मार्टफोन बजारमा



काठमाडौं । नेपालको लागि साओमीका अधिकृत विक्रेता वत्सल इम्पेक्स प्रालिले महान चाड दशैंको शुभ उपलक्ष्य पारेर बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ४ जीबी र्यामसहितको एमआइ ए वान स्मार्टफोन बजारमा ल्याएको हो ।

दशै अफरको योजना सँगसँगै बजारमा भित्रिएको एमआइ ए वानमा ५.५ इन्चको डिस्प्ले रहेको छ भने अप्टिकल जूम ड्यूल क्यामरा सेटअप रहेको छ ।

फूल मेटल बडि भएको एमआइ ए वान मा ४ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।

फोनमा पावरका लागि ३,०८० एमएएचको ब्याट्री प्याक रहेको छ ।

कम्पनीले सिमित अवसरका लागि फोनको मूल्य २९ हजार ९ सय ९९ रुपैयाँ तोकेको जनाएको छ ।


क्लिकमान्डु