दशैंपछि खुल्दैछ अमेरिका जाने डिभी चिठ्ठा, कसरी भर्ने ?



अमेरिका आउन चाहनेहरुका लागि अमेरिकाले प्रदान गर्दै आएको सबैभन्दा सजिलो स्थायी बसोबास (ग्रिनकार्ड)को चिठ्ठा प्रक्रिया डिभी लोटरी (डाइभर्सिटी भिषा)को लागि आवेदन दिने विचार गर्दै हुनुहुन्छ भने दशैंलगत्तै आवेदन दिन तयार हुनुहोस् ।

संभवतः दशैंसँगै अर्थात् अंग्रेजी महिनाको अक्टोर ३ (असोज १७) देखि नोभेम्बर ७ (कात्तिक २१)सम्म यो लोटरी आवेदन खुल्दै छ । र, सायद यही नै अन्तिम हुनसक्छ ।

संसदमा रिपब्लिकनहरुको बहुमत रहेको कारण एक वर्षभित्र विधेयक पारित हुने संभावना पनि उत्तिकै रहेकोले सायद यो नै अन्तिम डिभी कार्यक्रम हुने देखिएको छ ।

अमेरिकाले देशमा जनशक्तिको बृद्धिको साथै सामाजिक विविधिकरणको लागि भन्दै नेपालबाट पनि करिब १७ वर्ष अगाडिदेखि यो कार्याक्रम अन्तर्गत नेपालीहरुलाई अमेरिका ल्याउँदै आएको थियो । जसअन्तर्गत सन् २००२ देखि २०१६ सम्ममा ४३ हजार ५ सय ९२ जना नेपाली डिभी लोटरी जितेर अमेरिका आइसकेका छन् ।

अमेरिकाले यो प्रक्रिया अनुसार एक देशको ५० हजार जनशक्तिलाई भिषा दिएपछि यो लोटरी प्रक्रिया बन्द गर्ने गर्दछ । जसमा नेपालको केही हजार मात्र बाँकी रहेकोले यो प्रक्रिया अब धेरै वर्षसम्म नचल्ने प्रष्ट छ ।

अमेरिका सबैको सपनाको देश हो । तर डलर फल्ने रुखैरुख भएको देश होईन । यहाँ आउनको लागि जति गाह्रो छ, यहाँ बस्न पनि उत्तिकै गाह्रो छ । तपाईलाई डिभी पर्यो भने पहिला आफूलाई योग्य बनाउनुहोस् ।

अर्कोतर्फ अमेरिकन रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको निर्वाचन जितेका डोनाण्ड ट्रम्पको सत्ता आएसँगै यो डिभीसहित पारिवारिक ग्रिनकार्ड वितरणको प्रक्रियासमेत बन्द हुने अवस्थामा पुगेको छ ।

लेखक खतिवडा

यसको लागि यस अगाडि नै डिभी कार्याक्रमसहित रोजगारमा आधारित ग्रिनकार्ड र पारिवारिक ग्रिनकार्ड प्रदान गर्ने कानून खारेज गर्ने विधेयक अमेरिकी संसदमा सिनेटरहरु टम कटन र डेभिड पर्डयुले पेश गरिसकेका छन् ।

इमिग्रेशन फर स्ट्रोंग इम्प्लोइमेन्ट नामको यो विधयेकमा डिभी र पारिवारिक ग्रिनकार्ड वितरणलाई रोकेर दक्षजनशक्तिलाई ग्रिनकार्ड दिने योजना ल्याईएको छ ।

यहाँस्थित चर्चिच पत्रिका द वासिङटन पोष्ट   का अनुसार उक्त विधेयक पारित भए अमेरिकामा रहेका छोराछोरीले नेपालमा रहेका आफ्ना आफन्तको लागि आवेदन दिने ग्रिनकार्डको प्रक्रिया समेत बन्द हुने छ । जसमा नाबालक बाहेक आमा बुबासहित परिवारका अरु सदस्यहरुलाई ग्रिनकार्ड दिने प्रक्रिया बन्द हुनसक्ने छ ।

यदी तपाईसँग इन्टरनेटको सुविधा छ भने सबै विवरण भरेर आफैंले घरमा बसीबसी डिभी भर्न सकिन्छ ।

यद्यपि सेप्टेम्बरसम्म पनि यो विधेयक पारित नभएपछि करिब एक वर्षसम्म अगाडिकै प्रक्रिया यथावत रहने भएको छ । यहाँको स्टेट डिपार्टमेन्टका अनुसार अबको एक वर्ष पुरानै प्रक्रियाले निरन्तरता पाउने छ ।

संसदमा रिपब्लिकनहरुको बहुमत रहेको कारण एक वर्षभित्र विधेयक पारित हुने संभावना पनि उत्तिकै रहेकोले सायद यो नै अन्तिम डिभी कार्यक्रम हुने देखिएको छ ।

अमेरिकी संसदमा डेमोक्र्याट र रिपब्लिकन गरी दुई पार्टीको बहुप्रतिनिधित्व रहेको छ । जसमा रिपब्लिकन पार्टी आप्रवासी नितीमा निकै कठोर मानिदै आएको छ ।

ट्रम्पले चुनावी एजेण्डा नै अमेरिकाबाट आप्रवासीलाई लखेट्ने बनाएका थिए । र, अहिले यही पार्टीको संसदमा बहुमत रहेको कारण योजनाहरु आउनसक्ने संभावना छ ।

तर यहाँका संसदहरु पनि स्वतन्त्र हुनसक्ने र रिपब्लिकनसँग झिनोमात्र बहुमत रहेको कारण पनि धेरै योजनाहरु फेल हुने संभावना पनि उत्तिकै हुन्छ । जे भए पनि विधेयक आए पनि र नआए पनि नेपालको डिभी कार्याक्रम भने धेरै लामोसमय नचल्ने निश्चित छ ।

पुरानै व्यवस्था भए अक्टोबरको पहिलो साता डिभी लोटरी खुल्ने छ । अमेरिकाको आर्थिक बर्ष सन् २०१९ का लागि खुल्न लागेको यो डिभी लोटरीको लागि अक्टोबर पहिलो सातादेखि एक महिनासम्म आवेदन दिन सकिन्छ ।

डीभी भर्न सीपको प्रमाणपत्र भने आवश्यक हुन्छ । न्यूनतम योग्यताबाहेक अरु केही नचाहिने भएको कारण पिएचडी गरेको छु मलाई डिभी परिहाल्छ भन्ने भ्रममा नपर्नुहोला ।

नेपालसहित १ सय २९ भन्दा बढीदेशबाट प्रत्येक वर्ष करिब ५० हजार आप्रवासी भित्र्याउनको लागि अमेरिकाले करिब एक महिनाको समयावधी तोकेर आवेदन संकलन गर्ने गर्छ । यस अघिनै अमेरिकामा यो प्रक्रियाबाट प्रवेश गरिसकेको संख्याको आधारमा ग्रिनकार्ड लोटरी जित्नेहरुको संख्या निर्धारण गर्नेछ । अक्टोबरमा भरिने डिभीको नतिजा भने मे महिनाको पहिलो साता आउने छ ।

के गर्ने डिभी भर्न ?

यदी तपाईसँग इन्टरनेटको सुविधा छ भने घरबाटै आफैंले डिभी भर्न सक्नुहुनेछ । त्यसको लागि यो  www.dvlottery.state.gov वेभपेजमा जानुपर्ने हुन्छ । उक्त पेजमा सोधिएको सबै उत्तरहरु आफ्नो र भए परिवारको फोटो सहितको (साईज र फोटोको गुणस्तरको सुनिश्चिताको लागि पहिला सोही पेजमा देखाईएको उदाहरण चित्र हेर्नुहोस) सबै सहि विवरण भरेर आफैंले घरमा बसीबसी डिभी भर्न सकिन्छ ।

डिभी भर्नको लागि कुनै शुल्क लाग्दैन तथा कसैले पैसाको लोभमा पर्ने ग्यारेन्टी पनि दिन सक्दैन । एक पटक आफैंले भरेपछि आउने कन्फरमेसन नम्बर सुरक्षित राख्नुहोस् जुन पछि नतिजा हेर्नको लागि चाहिनसक्छ ।

के योग्यता चाहिन्छ डिभी भर्न ?

साधारणतया तपाईले विद्यालय तह अर्थात १२ कक्षा पास गरेको हुनुपर्छ । यदि तपाई श्रीमानश्रीमती हुनुहुन्छ । र, दुबैले १२ पास गर्नुभएको छ भने दुबैले छुट्टाछुट्टै पनि डिभी भर्न सक्नुहुने छ । र, १८ वर्ष मुनिका परिवारका सदस्यहरुको पनि एकै आवेदनमा समावेस गर्न सक्नुहुने छ ।

तपाईमा कुनै विशेष योग्यता छैन भने कुनै सीप सिकेर आउनुहोस् जुन यहाँ आएपछि काम लाग्ने छ ।

यदि १२ पास गर्नुभएको छैन भने तपाईसंग विसेष सिप हुनु जरुरी छ । उक्त सिपको प्रमाण समेत चाहिन सक्छ । उदाहरणको लागि तपाईं राम्रो व्युटिसियन हुनुहुन्छ तर १२ पास गर्नुभएको छैन भने पनि भर्न सक्नुहुने छ ।

तर सीपको प्रमाणपत्र भने आवश्यक हुन्छ । न्यूनतम योग्यताबाहेक अरु केही नचाहिने भएको कारण पिएचडी गरेको छु मलाई डिभी परिहाल्छ भन्ने भ्रममा नपर्नुहोला ।

अर्को कुरा अमेरिकाले सबैलाई समान अधिकार दिने भएकोले तपाई शारिरीक अशक्त हुनुहुन्छ तर पनि योग्य हुनुहुन्छ भने डिभी भर्न सक्नुहुने छ ।

तपार्इं गम्भीर फौजदारी वा कानूनी झमेलामा हुनुहुन्छ । र, प्रहरीको विशेष सुचीमा हुनुहुन्छ भने चाँही नभरेकै राम्रो किनभने प्रहरी रिर्पोट हेरेर मात्रै डिभी परेपनि अमेरिकाले भिषा दिने र नदिने निश्चित गर्ने छ ।

परेपछि के गर्ने ?

नमात्तिने, संसारै जितेजस्तो नगर्ने । तपाईलाई डिभी पर्नेवित्तिकै अमेरिकाले भिषा दिँदैन । यो त तपाईँ छनौंट भएको मात्र हो । उक्त नतिजा पनि तपाईंले डिभी भरेकै पेजबाट प्राप्त गर्न सक्नुहुने छ । यदि तपाई छनौंट हुनुभयो भने दोस्रो प्रक्रियाको लागि अर्को अनलाईन फाराम भर्न सक्नुहुने छ ।

उक्त जानकारी पनि तपाईको छनौंट भएको पत्रमै देखाईएको हुन्छ । फाराम भरेपछि तपाईलाई अन्तरवार्ताको लागि पत्र आउने छ । उक्त पत्र ईमेलमा आउने समय पर्खिनुहोस । पत्र आईसकेपछि अन्तरवार्ताको तयारी गर्नुहोस् ।

सोही अन्तर्वार्ताबाटै तय हुनेछ तपाईले भिषा पाउने वा नपाउने भन्ने । याद गर्नुहोस्, तपाईले बुझाउने र भर्ने सबै विवरण सहि साँचो हुनुपर्ने छ ।

र अन्त्यमा,

अमेरिका सबैको सपनाको देश हो । तर डलर फल्ने रुखैरुख भएको देश होईन । यहाँ आउनको लागि जति गाह्रो छ, यहाँ बस्न पनि उत्तिकै गाह्रो छ । तपाईलाई डिभी पर्यो भने पहिला आफूलाई योग्य बनाउनुहोस् ।

सबैभन्दा मुख्य कुरा तपाईको भाषा राम्रो हुनुपर्छ त्यसैले अंग्रेजीलाई राम्रो बनाउनुहोस । अर्कोकुरा तपाईमा कुनै विशेष योग्यता छैन भने कुनै सीप सिकेर आउनुहोस् जुन यहाँ आएपछि काम लाग्ने छ ।

डिभी परेर २ वर्षअघि अमेरिका गएका लेखक खतिवडा उत्तर अमेरिकाको मेरिल्याण्डमा बस्छन् ।


पुष्प दुलाल