यसपालीको दशैं ‘झरी दशैं’: मौसमविद्



काठमाडौं । यो दशैंमा पानी पर्ने भएको छ । मौसम पूर्वानुमान शाखाले यस बर्षको दशैंमा पानी पर्नसक्ने अनुमान गरेको हो ।

मौसम पूर्वानुमान शाखाका मौसमविद् शान्ति कंडेलका अनुसार यो वर्ष मनसुनको अविधि लम्बिन पुगेकाले दशैंमा बर्षा हुने सम्भावना बढी छ ।

‘नेपालमा असोज ७ गतेदेखि मनसुन बाहिरिनु पर्ने हो । तर, यसबर्ष त्यस्तो हुन सकेको छैन,’ कंडेलले क्लिकमाण्डूसँग भनिन् ।

भोलि ५ वटै विकास क्षेत्रमा पानी पर्ने अनुमान गरेको छ । पूर्वाञ्चल ४० प्रतिशत, मध्यामाञ्चल ६० प्रतिशत, पश्चिममाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाचलमा ४० प्रतिशत पानी पर्नेछ ।

नेपालबाट मनसुन पूर्णरुपमा बाहिरी नसकेकाले मनसुनको अवधि जारी रहने तर भारी बर्षा भने नहुने कँडेल बताउँछिन् ।

यस्तै, अर्का मौसम पुर्वानुमान शाखाका मौसम विद् सुवास रिमालका अनुसार दशैंको समयमा छिटफुट बर्षा हुन्छ ।

‘मध्य र पूर्विय भेगमा छिटफुट बर्षा हुनसक्ने छ । तर पश्चिमी भेगमा बर्षा नहुन पनि सक्छ,’ रिमालले भने ।

मनसुन सक्रिय अवस्थामा नरहेकाले भारी बर्षात नहुन सक्छ । यस्तो अवस्थामा आइसोलेटेड (छोटो अवधि र एउटै ठाउँको कुनै स्थानमा पानी पर्ने र अर्को स्थानमा पानी नपर्ने ) बर्षा हुन सक्ने मौसम पूर्वानुमान शाखाले जानकारी दिएको छ ।

आज नेपालका धेरै जस्तो भागमा बादल छाइरहने छन् । देशको मध्य तथा पूर्विय क्षेत्रमा छिटफुट बर्षा हुनेछ भने पश्चिम क्षेत्रका केहि स्थानमा बर्षा हुने शाखाले जनाएको छ ।

यस्तै, भोलि पनि नेपालका धेरै जस्तो भूभागमा बादल छाइरहे पनि पहाडी क्षेत्रमा भने अलिक बाक्लै बादल छाउने छ । नेपालका केहि भागमा सामान्य र छिटफुट पर्नसक्ने शाखाले जनाएको छ ।

आज पूर्वाञ्चलमा ३० प्रतिशत, मध्यामञ्चलमा २० प्रतिशत र पश्चिममाञ्चलमा ३० प्रतिशत पानी पर्ने सक्ने र मध्यपश्मिाञ्चल र सुदुरपश्चिममाञ्चलमा पानी नपर्ने शाखाको अनुमान छ ।

भोलि ५ वटै विकास क्षेत्रमा पानी पर्ने अनुमान गरेको छ । पूर्वाञ्चल ४० प्रतिशत, मध्यामाञ्चल ६० प्रतिशत, पश्चिममाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाचलमा ४० प्रतिशत पानी पर्नेछ ।


पुष्प दुलाल