चन्द्रागिरि हिल्स सम्मानित




काठमाडौं । सरकारले चन्द्रागिरि हिल्सलाई सम्मान गरेको छ । नेपालको दिगो पर्यटनमा योगदान पुर्याए वापत सरकारले चन्दागिरि हिल्सलाई सम्मान गरेको हो ।
३८ औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार काठमाडौंमा हिल्सलाई सम्मान गरेको हो ।

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले सांस्कृतिक, प्राकृतिक र ऐटिहासिक महत्व बोकेको तथा पर्यटकीय दुष्टिले अत्यन्तै महत्वपूर्ण रहेको चन्द्रागिरि नेपालको पर्यटन प्रवद्र्धनमा एकीकृत पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको बताए ।

उनले राज्यले पर्यटन क्षेत्रको विकासका लागि पर्यछन पूर्वाधारहरुको निर्माणमा थप लगानी गर्नुपर्ने र नेपालको पर्यटन उद्योगमा भएको नीजि लगानी र योगदानको सरकाले उचित कदर गर्नुपर्ने धारण राखे ।


पुष्प दुलाल