लाङटाङमा पर्यटक आउन थाले



ID:43857838

रसुवा । लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटक आउन क्रम शुरु भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका पर्यटक अभिलेखकर्ता केशवराज भेटवालका अनुसार गत तीन दिनयता यस क्षेत्रमा १८० भन्दा बढी पर्यटक भित्रिसकेका छन् । दैनिक ६० भन्दा बढी पर्यटक अहिले यहाँ आउन थालेका छन् ।

साउनदेखि प्रायः सुनसान रहेको लाङटाङ र गोसाइँकुण्डमा पर्यटकको आगमन बढेसँग पर्यटन व्यवसायीमा उत्साह छाएको छ ।


पुष्प दुलाल