भूकम्प प्रभावितलाई रेडक्रसको दियो अहिलेसम्म ६७ करोड सहयोग



नगरकोट । नेपाल रेडक्रस सोसाइटीले २०७२ सालको भूकम्पपश्चात् छ हजार ६१३ परिवारलाई आवास निर्माणका लागि ६७ करोड रकम सहयोग गरेको जनाएको छ ।

शुक्रबार नगरकोटमा आयोजित वार्षिक समीक्षा बैठकमा सो जानकारी दिँदै मुलुकको नयाँ संरचनासँग अनुकूलित गर्दै संस्थाको विधानलाई परिमार्जन गर्ने रेडक्रसले निर्णय गरेको छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय परिदृश्यमा देखिएका नयाँ मानवीय चुनौतीलाई आत्मसात् गरी मानवीय गतिविधिलाई अझ प्रभावकारी बनाउने नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले निर्णय गरेको छ ।

संस्थाका मानवीय सेवा गतिविधिमा स्थानीय तहहरूसँगको सहकार्य बढाउन तथा सामुदायिक सहभागिता बढोत्तरी गर्न नीतिगत आधार तयार गरिने रेडक्रसले जनाएको छ ।

रेडक्रसका अध्यक्ष सञ्जीव थापाले सामुदायिक सहभागिता र स्वयंसेवकको बलबाट नै संस्था सञ्चालित भइरहेकाले समुदायको संलग्नता बढाउन र प्रभावकारी सेवा प्रदान गर्न समीक्षा बैठकले बाटो निर्देशन गरेको बताए ।


क्लिकमान्डु