तिहारमा बत्ति बाल्दै हुनुहुन्छ ? होसियार क्षणभरमै सकिएला नि तपाईको सम्पत्ति



काठमाडौं । तिहारलाई बत्तिको पर्वको रुपमा लिने गरिन्छ । त्यसेले झिलीमिली बत्ती र तिहारकोबीचमा परम्परागत सम्बन्ध पनि रहँदै आएको छ ।

तर तिहारमा बत्ति बाल्दा ठूल्ठूला दुर्घटना समेत हुने गरेका छन् । विशेष गरी पालामा दियोमा बत्ति बालेर छाड्दा आगलागी हुन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

नेपाल प्रहरीले तिहारमा बत्ति बाल्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौंका अधिकाशं घर भाडामा रहेको र कोठा वा फ्याल्ट पिच्छे नै ग्यासका सिलिण्डर भएकाले पनि बत्ति बाल्दा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ ।

महानगरिय प्रहरी प्रंभागले बत्ति बाल्दा वा लक्ष्मीको आरधना गर्दा बालिएका बत्ति लापरवाही तवरले नछोड्न र आफू हिड्ने समयमा निभाउन समेत आग्रह गरेको छ ।

गत वर्षदेखि विद्युत् प्रवाह नियमित भएपछि काठमाडौंमा आगलागीको संख्यामा ४० प्रतिशतले कमी आएको जुद्ध बारुण यन्त्रले दाबी गरेपनि तिहारको समयमा आगलागीको संख्यामा बढोत्तरी हुन सक्ने प्रहरीको आशंका छ ।

बत्ति बाल्दा सावधानी नअपनाइएन, त्यसबाट करोडौंको क्षति हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार तिहारको समयमा मात्रै हरेक वर्ष जसो २० प्रतिशतको हाराहारीमा आगलागी हुने गरेको छ । आगलागी नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन, प्रज्वलनशील पदार्थ आगोबाट टाढा राख्नु पर्दछ ।

पेट्रोल, डिजल, ग्याँस जस्ता प्रज्वलनशील पदार्थले छिट्टो आगो टिप्ने र निभाउन समेत लामो समय लाग्ने भएकाले विशेष ध्यान दिनुपर्ने आवश्यकताका बारेमा आफू पनि जानकार हुन, अरुलाई पनि सिकाउन र आगलागी भइहाल्ने सावधानी अपनाउन र नजिकको दमकल तथा वारुण यन्त्रमा खबर गर्न समेत प्रहरीले आग्रह गरेको छ ।


पुष्प दुलाल